Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर अस्पतालको आइसियु कक्षमा एक पुरुषको मृत्यु, स्वाब परिक्षणको तयारी गरिदैँ


    सोमबार, जेष्ठ १२ २०७७
    755
    Shares
  • १ मिनेट पाठ
  • चितवन, १२ जेठ । भरतपुर अस्पतालको आईसियु कक्षमा उपचारका लागि ल्याएका एक पुरुषको मृत्यु भएको छ

    अस्पतालका चिकित्सक प्रमोद पौडेलका अनुसार उपचारका लागि नवलपरासी रामग्राम ५ बाट भरतपुर ल्याइएका ती ४८ वर्षिय पुरुष दुई दिनदेखि गम्भीर विरामी भएका थिए । उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो।

    अस्पताल ल्याउँदा मृतक छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वासको समस्याबाट ग्रस्त थिए।

    उनको बुटवलमा नै कोरोनाको परीक्षणका लागि स्वाब लिइएको भएपनि नतिजा आइसकेको छैन। भरतपुर अस्पतालले पनि श्वाब परीक्षणको तयारी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार