Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरियन एम्बासडर तेक्वान्दो आजदेखि


    शुक्रबार, भाद्र १८ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा १०औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता आइतबारदेखि हुने भएको छ।

    नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने उक्त प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मूल आयोजक समितिका संयोजकसमेत रहेका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानु चन्दले जानकारी दिए । तीन सय ९० पुरुष र २०३ महिला खेलाडीले सहभागिता जनाउनेछन्।

    तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुम्सेमा पदक जितेका प्रायः सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगितामा कूल २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

     व्यक्तिगत स्पर्धाको पुरुष-महिलामा छ–छ गरी १२, पेयर र टिममा समान छ–छ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान एक–एक गरी दुईसहित कूल २६ स्पर्धा समावेश छन् । 

    विगतमा भौतिकरूपमा प्रतियोगिता आयोजना हुँदै आएकामा कोरोनो भाइरसको जोखिमलाई मध्यनजर गरी भर्चुअलरूपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार