Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एआईजीहरुको सरुवा: सहकुल थापा कार्यविभागमा, पाल मेट्रोमै यथावत्


    बिहिबार, भाद्र १७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।

    अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश्वराज पोखरेलको मानव स्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ भने हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा रहेका एआईजी हरि पाल यथावत् छन् ।

    यस्तै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभागको जिम्मा दिइएको छ ।

    स्रोतका अनुसार प्रहरी एकेडेमीमा रहेका एआईजी प्रद्युम्न कार्कीलाई अपराध अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ भने  एआईजी निरज शाहीलाई एकेडेमीमा सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार