काठमाडौं । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले सुरुवाती अग्रता बनाएको छ।
पहिलो हाफ अन्तर्गत खेलको ३६ औं मिनटमा नेपालका लागि अन्जन बिष्टले सुरुवाती गोल गरेका हुन् । अन्जनको यो नेपालका लागि पाँचौं गोल हो ।
भारतका चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंहले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् ।
खेलमा अहिले पहिलो हाफ सकिएको छ।
नेपालले भारतसँग खेल्न लागेको मैत्रीपूर्ण दोस्रो खेल आइतबार हुनेछ।
फिफा वरीयतामा भारत नेपालभन्दा माथि रहेको छ । पछिल्लो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ।
नेपालको सुरुवाती प्लेइङ ११ यस्तो छ :
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा
फरवार्ड – नवयुग श्रेष्ठ , आयुष घलान, अन्जन विष्ट