Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुला घटनाकाे प्रतिवेदनबारे भारतद्वारा टिप्पणी दिन अस्वीकार


    बिहिबार, भाद्र १७ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

    दार्चुलाका जयसिंह धामीले तुइन तर्न खाेज्दा भारतीय एसएबसबीले तुइन काटिदिएको विषयमा छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएपछि भारतले टिप्पणी दिन अस्वीकार गरेको हो ।

    भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए ।

    उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे ।

     

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार