Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक दिनमात्रै बाँकी हुँदा पनि अझै टुंगाे लागेन काठमाडौंमा कांग्रेसको वडा अधिवेशन


    बिहिबार, भाद्र १७ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसले बनाएको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी हुँदासमेत काठमाडौँलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन ।

    काठमाडौँलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन ।

    क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन हुने वा नहुने अनिश्चितता बढेको हो । निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा केही नभनेकाले पनि कार्यकर्तामा अनिश्चितता बढेको छ ।

    निर्वाचन समिति संयोजक महादेवप्रसाद यादव पार्टी केन्द्रीय कार्यालयले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको सूची दिएकाले सार्वजनिक गरिएको बताउँछन् ।

    एक्काइस जिल्लाका क्रियाशील सदस्यताको सूची पार्टी कार्यालयबाट प्राप्त नभएकाले सार्वजनिक हुन सकेको छैन ।

    क्रियाशील सदस्यता सार्वजनिक नभएका जिल्लामा काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, प्रदेश नम्बर २ का आठवटै जिल्ला, डोल्पालगायत २१ जिल्ला छन् ।

    क्रियाशील सदस्यको सूची सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर यही भदौ १८ गते वडा अधिवेशन गर्ने तयारी भएको समिति संयोजक यादवले बताए ।

    पार्टीले क्रियाशील सदस्यको सूची दिएको दुई घण्टामा सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने गरी तयारी गरेर बसेको पनि उनले बताए ।

    निर्वाचन कार्यतालिकाअनुसार भदौ २७ गते पालिकास्तरीय अधिवेशनको कार्यक्रम छ । बाँकी २१ जिल्लाका वडामा त्यसअघिसम्म वडा अधिवेशन सक्ने गरी तयारी भइरहेको समितिले जनाएको छ ।

    प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन सकी आगामी मंसिर दोस्रो साता १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार