Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा थपिने ५५ केन्द्रीय सदस्य माधव नेपाल खेमाकै


    बिहिबार, भाद्र १७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ ।

    पार्टी विभाजनपछि ५५ जना नेकपा एकीकृत समाजवादी तिर लागेसँगै रिक्त रहेका ती पद पदपूर्ति गर्न एमालेले नेपाल खेमाको विचार समूहमा रहेका तर हाल एमालेतर्फ खुलेका नेताहरूमध्येबाटै चयन गर्ने भएकाे हाे ।

    रिक्त ५५ जना केन्द्रीय सदस्यको सिफारिस भने नेपाल समूह छोडेर अन्तिम समयमा एमालेमा समाहित भएका १० स्थायी कमिटी सदस्यले गर्नेछन् ।

    एमाले अध्यक्ष केपी ओलीले विगतमा नेपाल समूहमा आवद्ध भएका तर हाल एमालेतर्फ खुलेका मध्येबाटै रिक्त पदपूर्ति गर्न उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई सदस्य सिफारिसको जिम्मा दिएका छन् ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विधान अधिवेशन अघि पार्टी छाडेका ५५ जना र मनोनयनमा पर्ने २० जना गरी ७५ जनालाई विधान अधिवेशन अगावै केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार