Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवेकशील साझा फुटकाे संघारमा, मिश्र र पाण्डेले बोलाए छुट्टाछुट्टै केन्द्रीय समिति बैठक


    बिहिबार, भाद्र १७ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । 

    अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने विवेकशील साझाका प्रवक्ता शरद राज पाठकले जानकारी दिएका छन्। 

    प्रवक्ता पाठकका अनुसार अध्यक्ष मिश्र समूहले बोलाएको बैठकमा पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासबारे छलफल हुने बताइएको छ भने पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्नेबारे एजेण्डा तय गरेको छ। 

    अध्यक्ष मिश्रले गत साउन ११ गते ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि विवादमा परेको विवेकशील साझा आजको छुट्टाछुट्टै बैठकले बिभाजनको संघारमा पुगेको देखिएको छ। 

    गत वर्ष २४ मंसिरमा विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो । सो पार्टी दोस्रो पटक विभाजन हुन लागेको हो । यसअघि सो पार्टी २७ पुस २०७५ मा विभाजित भएको थियो । पहिलो पटक ३ साउन २०७४ मा पहिलो पटक एकीकरण भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार