रौतहट । घाँस काट्न गएकी १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य २ जना मिलेर किशोरीलाई मंगलबार घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दलित समुदायकी ती किशोरीलाई युवकहरूले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
माधवनारायण नगरपालिका– ५ स्थित सिसौघारीमा लगेर तीन जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छन् ।
पक्राउ परेका आरोपी सहनीलाईमाथि अनुसन्धान भइरहेको र अन्य फरार २ जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।