Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुडिरहेको कारलाई खोलाले बगायो, ४ जनाको मृत्यु


    बिहिबार, भाद्र १७ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । जिल्लाको घोराही-लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ। 

    मृत्यु हुनेमा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँकै ३२ वर्षीया शुशीला श्रेष्ठ, घोराही-१४ की ३१ वर्षीया राधा कुवँर र सोही ठाउँकै ४२ वर्षीया यमुना केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। 

    डीएसपी रिजालका अनुसार गएराति १० बजेतिर प्रदेश प्र.३-०१-०२४ च ४४४० को कारलाई खोलाले बगाएको हो । कारमा पाँच जना सवार रहेको र चालक घोराही-१५ का नरबहादुर पुनलाई खुट्टा भाचिएको अवस्थामा सकुशल उद्धार गरिएको छ।

    मृतक चारै जनाको शब पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार