Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिमका मन्त्रीसहित १० प्रदेश सांसद एमाले छोडेर एकीकृत समाजवादीमा


    मंगलबार, भाद्र १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका २५ सांसदमध्ये १० जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् ।

    थप तीन जना एकीकृत समाजवादीमा आउन चनहेर पनि  कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।

    यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेका थिए । 

    एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी,  मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् ।

    उनीहरू आजै निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादी रोजेका हुन् ।

    राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार