Nepal Face
  • शनिबार, ९ साउन २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • केपी शर्मा ओली
    • नेपाली कांग्रेस
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    श्रीलङ्कन एयरको काठमाडौँ सीधा उडान सुरु


    Basu Dev Paudel
    मंगलबार, भाद्र १५ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • 635
  • सेयर
  • काठमाडाैं । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ ।

    कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ आएका छन् ।

    कोलम्बो–काठमाडौँ नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट १४९ यात्रु लिएर श्रीलङ्कन एयरको जहाज बिहान ११ः१० बजे पुनः कोलम्बो उडेको छ । सातामा दुई दिन मङगलबार र शनिबार उडान हुने विमानस्थलले जनाएको छ । काठमाडौँ–कोलम्बो सीधा उडान करिब साँढे तीन घण्टाको हुन्छ ।

    एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । श्रीलङ्कन एयरले यो मौसममा आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर ‘विन्टर सिजन’का लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।

    भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक सातामा कति भन्ने यकिन भइसकेको छैन । नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्नेछ । हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुवई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरबाट जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार
    • बोरिङ जडान गर्न ८ लाख २१ हजार घुस, सिंचाई प्रमुख ढकालसहित २ जना पक्राउ

    • सांसदको गोल्डस्टार जुत्तालाई लाभ पुर्याउने, अन्य उद्योगमा छापा हान्ने !

    • सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी प्रतिवद्ध छ : आईजीपी पौडेल

    • असई कुर्मी असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

    • काठमाडौं महानगरपालिकाका लागि ७३७ जना प्राथमिक उपचारक तयार

    • ‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’: आईजीपी कार्की

    • सीमा अनुगमनका लागि स्पेसल टास्क फोर्स परिचालन गरिने

    • निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा छूटे 

    • ‘वामपन्थी दलले विगतका नीति र व्यवहारको समीक्षा गर्नुपर्छ’: माधव नेपाल

    • ‘एकै दिनमा सबै उल्ट्याउन सकिँदो रहेछ भन्ने उनीहरूले सिकाए, चारै तिरबाट घेरा हालौँ’: प्रचण्ड

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend