Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाकाली राजमार्ग : गुडिरहेको जिप सडकबाट खस्यो, चालकसहित २ जना घाइते


    सोमबार, भाद्र १४ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दार्चुला । महाकाली राजमार्ग अन्तर्गत जिप दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । 

    सोमबार बिहान दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बा १२ च ४२४० नम्बरको जिप बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेक नजिकै दुर्घटनामा परेको हो ।  

    दुर्घटनामा कञ्चनपुरको वेदकोट नगरपालिका–८ का हरिस बोहरा र दोगडाकेदार–२ बडियाका दानसिंह भाट घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि  बाहिर पठाउने तयारी भइरहेको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ। जिप सडकबाट १०० मिटर तल खसेको थियो। 

    दुर्घटना भएको जिपमा चालकसहित दुई जनामात्रै रहेको प्रहरीले जनाएको छ । वर्षाका कारण सडक चिप्लो भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार