बीबीसी । काबुल विमानस्थल नजिकै इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट- के सम्बद्ध एउटा सवारी साधनमाथि एउटा ड्रोन बज्रिएको अमेरिकी सेनाले जनाएको छ।
अमेरिकी अधिकारीहरूले काबुल विमानस्थलमा आक्रमण गर्ने लक्ष्य राखेको आत्मघाती बमधारी विरुद्ध निशाना लगाइएको जनाएका छन्।
बीबीसीको अमेरिकी पार्टनर मिडिया सीबीएसलाई एकजना सैन्य अधिकारीले भने, ‘हामीले लक्षित निशानामा नै प्रहार गरेकोमा हामी विश्वस्त छौँ।’
अमेरिकाले आज काबुलमा गरेको ड्रोन आक्रमणले विमानस्थलमाथि रहेको एक खतरा ‘समाप्त पारेको’ बताएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले काबुल विमानस्थलमा आक्रमण भएर १७० मानिसको ज्यान गएपछि अफगानिस्तानमा आक्रमण जारी गरिरहने बताएका छन्।
‘राष्ट्रपति (जो बाइडन) अफगानिस्तानमा नयाँ युद्ध शुरू गर्न चाहन्नन्,’ उनले सीबीएस टेलिभजिनलाई भने।
‘त्यसो भन्दै गर्दा काबुल विमानस्थलमा हाम्रा सैनिकहरूमाथि आक्रमण गर्नेहरू विरुद्ध जुनसुकै हतियार र सामर्थ्य लगाएर भएपनि नियन्त्रणमा लिनुपर्छ भन्ने राष्ट्रपतिको आदेश छ। काबुल विमानस्थलको उक्त आक्रमणकारी आईसीस-केलाई कमजोर बनाउनै पर्छ।
काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको विभिन्न विवरणहरू सार्वजनिक भएका थिए।
सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो देखिएको थियो। विस्फोटन भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका थिए।