Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीमा गौरा भित्र्याउँदै आरजु राणा


    आइतबार, भाद्र १३ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ठूलो पर्वका रुपमा मनाइने गौरामा भाग लिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा आइतबार धनगढी पुगेकी छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका—४ स्थित घरमा आइतबार धार्मिक अनुष्ठानका साथ डा. राणाले गौरा भित्र्याएकी छन् । 

     गौरा भित्र्याइएपछि आरजूले पूजा गरेकी थिइन् । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वलाई विशेष महत्वका रुपमा लिइन्छ ।

    रातो पोशाकमा सजिएकी डा. आरजू राणा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनगढीबाटै चुनाव लडेकी थिएन् । उनी एमालेका नारदमुनि रानासँग पराजीत भएकी थिइन् । पराजीत भएपछि राणाले रानालाई बधाइ दिने क्रममा मन्त्री नियुक्त भई क्षेत्रको विकास गर्न शुभकामना दिएकी थिइन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार