Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नौ करोडको कोकिनसहित तीन विदेशी पक्राउ


    आइतबार, भाद्र १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले नौ करोड बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ ।

    प्रहरीको लागू औषध नियन्त्रण ब्‍यूरोले आइतबार पत्रकार सम्‍मेलन गरेर दुई किलो ९६६ ग्राम कोकिनसहित उनीहरुलाई प्रक्राउ गरिएकाे जानकारी दिएकाे हाे ।

    पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् ।

    तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

    Tanjaniya121630233570.jpg

    पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्‍यूरोले जनाएको छ ।

    कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ।

    पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने १५ वर्ष जन्मकैद तथा पाँच देखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार