एजेन्सी । स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो ।
घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्याइएको हो ।