Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखराको फिर्के पुलबाट बेलायती दूतावासको स्कर्पियो खस्यो


    आइतबार, भाद्र १३ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखराको फिर्के पुलबाट बेलायती दुतावासको स्कार्पियो गाडी खसेको छ।

    शनिबार राति पोखरा महानगरपालिका -४ बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०-०-४६७ नं को गाडी अनियन्त्रित भइ फिर्के पुलबाट खसेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

    डीएसपी हमालका अनुसार गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खसेपनि चालक पोखरा -१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङ भने सकुशल छन्।

    पोखरा महानगरपालिका वडा नं -४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको डीएसपी हमालको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार