Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक सातापछि लाइसेन्स परीक्षा खुल्ने, नयाँ मापदण्ड अनुसार परीक्षा हुने


    शुक्रबार, भाद्र ११ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीका कारण रोकिएको सवारी अनुमतिपत्र(लाइसेन्स) परीक्षा एक साताापछि सुरु हुने भएको छ । कोरोना महामारीपछि सरकारले लागू गरेको निषेधाज्ञाका कारण लाइसेन्सको लागि सञ्चालन हुन सकेको थिएन । दसांै हजार सेवाग्राही लाइसेन्सको परीक्षा कुरिरहेका छन् । परीक्षा रोकिंदा सवारी खरिदश गरेर पनि चलाउन पाएका थिएनन् ।  

    कोरोना संक्रमण बढिरहेको र मृत्युदर पनि घट्न नसकेको अवस्थामा जोखिमलाई मध्यनजर गरी यातायात ब्यवस्था विभागले मापदण्ड तोकेर लाइसेन्स परीक्षा संचालन गर्ने भएको छ । विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तयार गरेको छ । त्यही मापदण्ड अनुसार परीक्षा संचालन हुने भएको छ । कोरोना महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने यातायात ब्यवस्था विभागले जनाएको छ ।

    लाइसेन्स परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने छ । परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराउने मापदण्ड तोकिएको छ ।

    लाइसेन्सको लिखित र ट्रायलमा सहभागी परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैँ गर्नुपर्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार