काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, २ हजार ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यसको संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।
हाल सक्रिय संक्रमित ३७ हजार ५९९ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९३. ६ प्रतिशत रहेको छ ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७१५ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन् ।