काठमाडौं । नेता माधवकुमार नेपालले नयाँ पार्टीलाई जन्म दिएकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छमछमी नाचेका छन् ।
मनमा हजार पीर भएपनि विरोधीहरुसामु कहिलै आफ्नो भाव नदेखाउने ओली बुधबार याे कुरालाई पुष्टी गर्दै औपचारिक रुपमा पार्टी फुटेकै दिन छमछमी नाचेका हुन् ।
बालकोटस्थित उनकै निवासमा बुधबार पत्नी राधिका शाक्यको जन्मदिनकाे अवसरमा ओलीले आफैंले रचना गरेको गीत म त भाग्यमानीमा कम्मर मर्काएका हुन् ।
राजनीतिबाहिर व्यक्तिगत जीवनमा ठट्यौलो र रसिक रहेका उनी सार्वजनिक भएको भिडियोमा ह्याप्पी मुद्रामा मन लगाएर नै नोचेको देखिन्छ ।