काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालले नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत गरेको हस्ताक्षर स्वीकार भएको छ ।
खनाल स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका कारण सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित हुन नसकेपछि उनले दूतावासमार्फत सनाखत गरेका हुन् ।
एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो ।
रेशम चौधरीको सनाखत भएन
यता लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि भने सांसद रेशम चौधरीको हस्ताक्षर भने सनाखत भएन ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दिएको दल दर्ता निवेदनमा चौधरीको नाम समावेश नभएकाले उनको हस्ताक्षर सनाखत नभएको हाे ।
भदौ २ गते महन्थ ठाकुरले दल दर्ताका लागि दिएको निवेदनमा चौधरीको नाम समावेश भएपनि भदौ ४ गतेकाे संशोधनमा चौधरीको नाम नराखिएको भन्दै सनाखत नभएको श्रेष्ठले बताए ।
चौधरी टीकापुरमा भएको थारु समुदायको आन्दोलनका क्रममा सुरक्षाकर्मीसहित ८ जना मारिएको घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend