Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ससुरा र बुहारीबीच अनैतिक समबन्ध भएकाे भन्दै छाेराले गरे बुवा र श्रीमतीकाे हत्या


    मंगलबार, भाद्र ८ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा । धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरि शव खाल्डोमा गाडेको पाइएकाे छ ।

    मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका भागेश्वर मण्डललाले आफ्ना बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती ३५ वर्षीया अमरिकादेवी मण्डलको हत्या गरि खाल्डोमा गाडेको  प्रहरीले जनाएको छ ।

    धनुषाका एसपी प्रकाश रानाभाटका अनुसार विवाद हुँदा गए राति मारेर बारीको झाडीमा खाल्डो खनेर गाडेको भन्दै भागेश्वरले स्वीकार गरेका छन् ।

    प्रहरीका अनुसार लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक समबन्ध भएकाे भन्दै भागेश्वरले बुवार श्रीमतीको हत्या गरेकाे बयान दिएका छन् ।

    प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन सुरु गरेको छ ।

    दुबै जनाको हत्या गरेर शव गाडेको भन्दै आज बिहानै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार