काठमाडौैं, २२ फागुन । एक महिनाको बीचमा मदन पुरस्कार बिजेता दुई साहित्यकार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मदन पुरस्कार प्राप्त गरेका भूमिसुधार मन्त्रालयका पूर्वसचिव दिनेशहरि अधिकारी र नेपाल प्रहरीका पूर्वडीआइजी महेशविक्रम शाहका बिरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
पूर्वसचिव अधिकारीबिरुद्ध २०७६ माघ २२ मा ललिता निवास बालुवाटारको सरकारी जग्गामा गैरकानुनी रुपमा मोही कायम गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो । पूर्वडीआइजी शाहबिरुद्ध २०७६ फागुन २० मा मुद्दा दायर गरेको छ । पूर्वसचिव अधिकारीलाई ‘अतिरिक्त अभिलेख’ कविता संंग्रहका लागि २०५६ को मदन पुरस्कार प्रदान गरिएको थियो । शाहलाई ‘छापामारको छोरो’ का लागि २०६३ को मदन पुरस्कार पाएका थिए ।
नेपालमा धनराशीका हिसाबले ठूलो र गरिमायुक्त मानिने मदन पुरस्कार दिने पात्रको छनोट निष्पक्ष रुपमा हुने आम विश्वास छ । तर दिनेशहरि अधिकारीलाई ‘अतिरिक्त अभिलेख’ कविता संग्रहको लागि २०५६ को मदन पुरस्कारका लागि चयन गर्दा विवाद निस्किएको थियो । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेको र मदन पुरस्कार गुठीका संचालक दीक्षित परिवार आवद्ध कम्पनीका बिरुद्ध उजुरी परेको थियो । त्यो उजुरीमा उनले सकारात्मक भूमिका खेलेबापत उनलाई मदन पुरस्कार दिइएको चर्चा परिचर्चा पनि भएका थिए ।
अधिकारीलाई ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले ७ करोड ८ लााख ४८ हजार बिगो मागेको छ । शाहलाई नेपाल प्रहरीको सिन्धुलीको दुधौली र भरतपुर तालिम केन्द्रको समादेशक हुँदा सिपाहीको रासनमा अनियमितता गरेको आरोप लगाउँदै ३३ लाख ३८ हजार ८४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । मदन पुरस्कार प्राप्त ब्यक्तिमाथि भ्रष्टाचारको आरोप लाग्नेमा अधिकारी र शाहको नाम अंकित भएको छ । यद्यपि उनीहरुमाथि मुद्दा दायर भएको हो, भ्रष्टाचार ठहर नै भएको छैन । अदालतमा मुद्दा विचाराधीन छ ।
मदन पुरस्कारको इतिहास
स्व. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट २०१२ साल असोज १० गते स्थापना भएको मदन पुरस्कार विभिन्न विधामा प्रदान गरिन्छ । विशेषगरी साहित्यिक जगतमा मदन पुरस्कारको ठूलो महत्व छ । साहित्य रचना गर्ने स्रष्टाहरु मदन पुरस्कारबाट पुरस्कृत हुने कुरालाई उपलब्धीका रुपमा लिन्छन् । राशीका हिसाबाले पनि मदन पुरस्कार ठूलो मानिन्छ । मदन पुरस्कार साहित्य, कला, विज्ञान, अनुसन्धानका क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरुलाई दिने चलन छ । नयाँ खोज, नयाँ सिर्जनाको स्तर हेरेर पनि मदन पुरस्कार दिने चलन रहेको पाइन्छ । पुरस्कार योगदानका लागि दिइयो भने त्यो पुरस्कारको गरिमा बढ्छ । पुरस्कार पाउने व्यक्तिको सम्मान हुन्छ । नत्र पहुँचका आधारमा दिइने सरकारी पुरस्कारजस्तै हुन्छ । ती पुरस्कार बायोडाटामा भर्न त काम लाग्छन्, तर जनस्तरमा वा समाजमा त्यसको खास महत्व रहँदैन ।
२०१३ सालमा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापाका लागि’ चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिर विद्युत उत्पादक’ का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए । २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन ।
मदन पुरस्कार पाउने साहित्यकारहरुमा पहिलो पुस्ताका मोदनाथ प्रश्रित, बैरागी काइला, पारिजात, धु्रवचन्द्र गौतम, धनुषचन्द्र गौतम, दिनेशहरि अधिकारी, महेशविक्रम शाह लगायत छन् । नारायण वाग्ले, अमर न्यौपाने, झमक घिमिरे, निलम कार्की ‘निहारिका’ लगायतका स्रष्टाहरु छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend