Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नायक अनमोल केसीमाथि ठगीको आरोप 


    बिहिबार, फाल्गुन २२ २०७६
    735
    Shares
  • १ मिनेट पाठ
  • नायक अनमोल केसीलाई प्रहरीले ठगी आरोपमा खोजिरहेको छ । विगत केही दिनदेखि उनलाई प्रहरीले खोजी गरिरहेको छ । तर उनी प्रहरी कार्यालय गएका छैनन् । केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ५ लाख ठगीको उजुरी परेको हो ।
    प्रहरी प्रारम्भमा उनलाई कार्यालयमा बोलाएर छलफल गराउने पक्षमा देखिएको छ । उनी नआए उजुरी प्रक्रियाअनुसार अगाडि बढाउने तयारीमा छ । 
    केसीबिरुद्ध उजुरी दिने हुन् जयन श्रेष्ठ र रुपेन्द्र खड्गी । ‘धुपौरे’ फिल्मका निर्माता रहेका उनीहरुले ‘अनमोल केसीले फिल्म खेल्छु भनेर पाँच लाख एड्भान्स लिएको तर फिल्म पनि नखेलेको र सो पैसा पनि नदिएको’ भन्दै परिसरमा उजुरी दिएका हुन् । अनमोल केसी नायक भुवन केसीका पुत्र हुन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार