Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालिमाटीका झण्डै डेढ सय प्रहरी क्वारेन्टाइनमा, मद्दत टोली कालिमाटीमा


    बुधबार, जेष्ठ ७ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं,७ जेठ ।महानगरीय प्रहरी वृत्त, कालिमाटीका झण्डै डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको हो ।

    महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

    सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । प्रहरी कार्यालय पनि शिल गरिएको छ ।

    स्रोतका अनुसार रानीपोखरी र काठमाडौं प्रहरी परिसर, टेकुबाट एक सय जनाको टोली पठाइएको हो ।संक्रमण सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार