Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३७९


    मंगलबार, जेष्ठ ६ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  •  

    कपिलवस्तु, ६ जेठ ।  नेपालमा थप ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट कपिलवस्तु आएका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएका थिए।

    भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। संक्रमित चारै जना पुरुष रहेका छन्।

    उनीहरूलाई बुटवल वा दाङको अस्पतालमा लैजाने तयारी गरिएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। सोमबार मात्र एकैदिन ८० जनामा संक्रमण देखिएको थियो।

    नेपालमा अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार