काठमाडौं, ४ जेठ । कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ । आज(आइतबार) बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित सबै रौतहटका छन् ।
रौतहटको राजपुर नगरपालिका–९ निवासी ७ जना पुरुष र इशनाथ नगरपालिका ३ र ५ निवासी ३ जना छन् । राजपुरका १८,३२,३६, ३९,३९, ३२ र ४८ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
इशनाथ नगरपालिकाका २८, ३० र ३३ बर्षका पुरुष संक्रमित भएकाा छन् ।
रौतहटका पुष्टी भएका १० समेत नेपालमा संक्रमितको संख्या २९१पुगेको छ ।