Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेनाका उपरथीलाई कोरोना संक्रमण


    शनिबार, जेष्ठ ३ २०७७
    740
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ३ जेठ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अग्रपंक्तिमा रहेर ड्युटी गर्दैआएकाले कोरोना संक्रमण फैलिन पुगेका हो । नेपाल प्रहरी सडक र अस्पतालमा ड्युटीमा तैनाथ छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छ । सीमा क्षेत्रमा भारतबाट आएकामा कोरोना पोजेटिभ देखिएकाले उनीहरुमा संक्रमण देखिनु स्वभाविक हुनसक्छ । तर कोरोना रोकथाममा औपचारिक रुपमा नखटिसकेको सेनामा पनि देखिएको छ । 

    नेपाली सेनाका उपरथीलाई नै कोरोना संक्रमण पुष्टी भएको छ । आज महोत्तरीमा पुष्टी भएका एक कोरोना संक्रमित नेपाली सेनाका उपरथी भएको खुलेको छ । उनी पृतनापति भएको खुलेको छ । महोत्तरीस्थित मध्यपूर्र्वी पृतनाका प्रमुख उपरथीलाई संक्रमण भएको हो ।

    सैनिक स्रोतका ५२ वर्षीय उपरथी र उनका सहयोगीलाई संक्रमण भएको पुष्टि भएको हो । उपरथीलाई संक्रमण पुष्टी भएपछि ब्यारेकमा अन्यको पनि परीक्षण गर्न लागिएको छ । उनीहरुबाट ब्यारेकमा धेरैलाई फैलिएको आशंका गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार