Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित बढेसँगै रुपन्देहीमा आवतजावतमा रोक


    शनिबार, जेष्ठ ३ २०७७
    690
    Shares
  • २ मिनेट पाठ
  • रुपन्देही, ३ जेठ । कोरोना भाइरस कोभिड–१९ का २८ सङ्क्रमित फेला परेपछि रुपन्देहीमा स्थानीय सरकारले आफ्ना क्षेत्रमा आवतजावत गर्न रोक लगाएका छन् ।

    खास गरी लुम्बिनीसँग जोडिएको जिल्लाको गैडहवा गाउँपालिकामा एकै परिवारका नौ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि सो गाउँपालिकासँग जोडिएको कञ्चन गाउँपालिकामा आवतजावत गर्न शुक्रबारदेखि रोक लगाइएको छ ।
    गैडहवा र कञ्चन गाउँपालिकाका सीमा जोडिएका छन् । दुई गाउँपालिकासँग जोडिएको सैनामैना नगरपालिकमा समेत उच्च सतर्कता अपनाइएको छ ।

    ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई गाउँपालिका कार्यपालिका बैठकले अनुमोदन गरेको हो ’, कञ्चनका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले भने । सो निर्णय यही जेठ ५ गतेसम्म लागु हुनेछ ।

    गैडहवा गाउँपालिकामा पनि कोरोना सङ्क्रमित फेला परेपछि आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए । त्यस्तै तिलोत्तमा नगरपालिकाले पनि नगरपालिकाको दक्षिण भेगका सहायक प्रवेश नाकामा आवतजावत गर्न रोक लगाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले बताए ।

    यसअघि कपिलवस्तुदेखि पश्चिम नवलपरासीको सिमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी साँंस्कृतिक नगरपालिका तथा समरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिकामा आवतजावत गर्न रोक लगाइएको थियो ।

    रुपन्देहीमा अहिलेसम्म २८ कोरोना भाइरसको सङ्क्रमणका बिरामी भेटिएका छन् । उनीहरु अधिकाश भारतबाट आएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार