काठमाडौं, ३ जेठ । कोरोना संक्रमण नेपालमा फैलिने क्रम जारी छ । शुक्रबार साँझा फेला परेका दाङ तुलसीपुर ठेगाना भएका कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ ।
तुलसीपुर–७ घर भएका उनी हाल काठमाडौंको टिचिङ अस्पतालमा कार्यरत रहेको तुलसीपुर उपहानगरपालिका प्रमुख घनश्याम पाण्डेले दिएको जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजमा नगर प्रमुख पाण्डेले लखेका छन्, ‘तुलसीपुर उपमहानगरपालिका–७ का कारोना देखिएका भनिएका व्यक्ति काठमाडौंको एक हस्पिटलमा कार्यरत र काठमाडौंमै रहेको जानकारी गराइन्छ ।’ बिहीबार टिचिङ अस्पतालमा अप्रेसन गर्न ठीक पारिएकी बालिकामा कोरोना संक्रमण देखिएको थियो । ती बालिकालाई केही दिनदेखि कपिलवस्तुबाट उपचारका लागि टिचिङ अस्पताल ल्याइएको थियो ।
अप्रेसनका क्रममा पीसीआर टेष्ट गर्दा उनमा कोरोना संक्रमण भएको थियो । शुक्रबार टिचिङकै कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।