काठमाडौं, १ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ पुष्टी भएका कोरोना संक्रमितहरुमा २ महिला र एक पुरुष छन् । पुरुष ७ बर्षीय बालक हुन् । महिलाहरु १७ र ३० बर्षकालाई संक्रमण पुष्टी भएको छ ।
७ बर्षीय बालक दहचोक काठमाडौंका हुन् । १७ बर्षीया किशोरी जनकपुरकी हुन् भने ३० बर्षीया महिला धादिङकी रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यी तीनजनामा संक्रमण पुष्टी भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।