काठमाडौं, २१ फागुन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाले विमानस्थलस्थित प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा सुन तस्करीमा संलग्न भियतनामी र कम्बोडियन नागरिकसँग सांकेतिक संवाद गरी सुन फाल्न लगाउने कार्यमा संलग्न भएको उजुरीपछि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कार्यालय सहयोगी शेर्पाले २०७६ बैशाख ८ गते थाई एयरवेजबाट नेपाल आएका भियतनामी नागरिक एज्ब्ल्त्ज्क्ष् ीइब्ल् त्ज्ब्इ र कम्बोडियन नागरिक त्ज्भ्ब्च्क्ष् ग्थ् ले अवैध रुपमा ल्याएको सुन फाल्नको लागि सांकेतिक संवाद गरी निजहरुले आफ्नो साथमा रहेको सुन उपसचिव कर्ण तिमिल्सिनाको कर्यकक्षमा रहेको सोफा पछाडि फालेको अवस्थामा १६८५ ग्राम बरामद भएको थियो ।
विदेशी नागरिहरुउपर कानूनी कारवाही चलेको देखिंदा खानतलासी कार्यमा खटिएकी कार्यालय सहयोगी डोमा शेर्पाले सुन लुकाउन लगाई गैरकानूनी रुपमा राजस्व चुहावट गर्न मद्दत गरेको देखिएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को कसुर भएकोले बिगो ७ लाख सात हजार ७ हजार रुपैयाँ कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend