Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री नियुक्तिको आधार नभएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेकाे महान्यायाधिवक्ता पाण्डेयकाे टिप्पणी


    मंगलबार, असार १५ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुपरेको तर्क गरेका छन् ।

    संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवा दुवैको आधार स्पष्ट नभएपछि संविधानअनुसार विघटन गरिएको तर्क गरे ।

    प्रधानन्यायाधीशले राणाले प्रश्न गर्दै भने, “नेपालको संविधानको धारा ७६ (५)को प्रक्रिया पूरा नगरेकाले प्रश्न उठेको हो, विकल्प खोज्नु पर्ने थिएन र ?” जवाफमा नायव महान्यायाधिवक्ता पाण्डेयले जवाफ दिँदै भने, “दुवैको आधार नदेखेपछि राष्ट्रपतिले अस्वीकार गर्नुभयो, यो विषयलाई अदालतले हेर्न पनि मिल्दैन ।”

    प्रधानन्यायाधीश राणाले पुनःप्रश्न गरे, “कुनै दुईमध्ये एकलाई नगर्दा यो अवस्था आएको हो कि हैन ? भारतलगायत देशमा के अभ्यास छ ?” नायब महान्यायाधिवक्ता पाण्डेयले जवाफमा भने, “भारतमा पनि पटकपटक संसद् विघटन भएको छ, भारतमा संसद् विघटनपछि सरकार स्थिर भयो, जहाँ सरकार स्थिरता हुन्छ, त्यहाँ विकास हुन्छ, विघटनले प्रजातन्त्र कमजोर हुँदैन ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार