काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ ।
संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाटसरकारी वकिल र कानुन व्यवसायीहरुकाे बहस सुरु भएकाे हाे ।
यसैक्रममा सरकारको पक्षबाट बहस गर्न आएका सरकारी वकिललाई न्यायाधीशले ‘अस्थिरताको कारण अदालतको फैसला हो र ?’ भनेर प्रश्न गरेका छन् ।
नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार यस्तो प्रश्न गरेका हुन् ।
उनले प्रश्न गरे, ‘एकमात्र अस्थिरता भएको कारण अदालतको फैसला भन्ने ढंगको तपाईंहरुको ब्याख्या आयो, लिखित जवाफमा पनि त्यही पाइयो । के यो सबै कारण अदालतको फैसला हो कि यसबाहेक अरु कारण पनि छन् ?’
महान्यायाधिवक्ता रमेश बडालले सोमबार बहस गर्दा राजनीतिक मुद्दामा अदालतले हात हाल्दा अस्थिरतालाई निम्त्याउने बताएका थिए । मंगलबार पाण्डेले पनि सोही आशयको तर्क गरेपछि न्यायाधीशले यस्तो प्रश्न गरेका हुन् ।
जवाफमा पाण्डेयले भने, ‘सबै कारण अदालको फैसलामात्रै भन्न खोजेका छैनौं, आदेश पनि एउटा कारण हो ।’
पाण्डेयले प्रतिनिधिसभा विघटनपछि भारतमा स्थायित्व भएको ब्याख्या गरेका छन् । स्थायित्वका लागि समय लाग्ने र ठुला पार्टी निर्माण गर्न सकेमा स्थायित्व आउने पाण्डेको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend