Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘कि पार्टी फुटाएर जानुपर्‍यो, होइन भने अर्को दललाई समर्थन गर्न मिल्दैन’


    मंगलबार, असार १५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । 

    संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाटसरकारी वकिल र कानुन व्यवसायीहरुले बहस सुरु गरेका छन् । 

    यसैक्रममा सरकारी पक्षबाट बहस गर्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले कुनै दलको सांसदले व्यक्तिगत रुपमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न नसक्ने बताएका छन् ।

    प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा मंगलबार सरकारको प्रतिरक्षामा बहस गर्दै उनले कुनै दलबाट निर्वाचित सांसदले व्यक्तिगत रुपमा कुनै अर्को पार्टीलाई समर्थन गर्न नमिल्ने बताएका हुन् ।

    ‘कानूनी रुपमा छुट्टै बस्न पाइन्छ तर, अर्को दलको नेतालाई समर्थन गर्ने अधिकार सांसदलाई छैन । कि पार्टी फुटाएर जानुपर्‍यो । होइन घरमै (दलभित्रै) बस्छु भन्ने अनि अर्को दललाई समर्थन गर्छु भन्न मिल्दैन’ उनले भने ।

    दलको निर्णय विपरीत अर्को दलको सांसदलाई समर्थन गर्नु संविधान विपरीत हुने भन्दै पाण्डेयले यस्तो कामले जनताको मतको अपमान पनि हुने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार