Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशनको दौडधुप: विमलेन्द्र, शशांक र प्रकाशमानबीच आज लञ्च मिटिङ


    मंगलबार, असार १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेताहरुलाई आसन्न १४औँ महाधिवेशनका लागि नेताहरुले दौडधुप थालेका छन् । 

    आउँदो भदौ १६ देखि १९ गतेसम्म १४औँ महाधिवेशन हुने कार्यतालिका सार्वजनिक भएसँगै कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विशेषगरी महाधिवेशनमा सभापतिका दाबेदारहरु आन्तरिक छलफलमा जुटेका हुन् । 

    यसैक्रममा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ ।

    उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा हुन लागेको हाे । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको स्राेतले जानकारी दिएकाे छ ।

    आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिएका छन् ।

    कांग्रेसमा पारिवारिक लिगेसी बोकेका निधि, कोइराला र सिंहबीचको निरन्तरको छलफलले पार्टीभित्र तरंग ल्याएको छ ।

    पार्टीभित्र फरक गुटमा रहेका शशांक, विमलेन्द्र र प्रकाशमानको निरन्तरको छलफललाई कतिपयले नयाँ समीकरण निर्माणका रुपमा पनि लिने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार