Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘केरमेट गरेको कागज बुझाएर देउवालाई प्रधानमन्त्री बनाएन भन्ने ?’


    सोमबार, असार १४ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । 

    संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाटसरकारी वकिल र कानुन व्यवसायीहरुले बहस सुरु गरेका छन् । 

    सोमबार विपक्षीका तर्फबाट बहसमा सहभागी महान्यायाधिवक्ता रमेश बडालले केरमेट गरेको कागजात बुुझाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएन भन्ने भन्दै प्रश्न गरेका छन् ।

    केरमेट कागजात बुुझाउँदा देउवालाई प्रधानमन्त्री बनाएर भनेर राष्ट्रपतिविरुद्ध मुद्दा हाल्ने निवेदकहरुले आफ्नो इज्जत फ्यालेको महान्यायाधिवक्ता बडालको आरोप छ । 

    ‘कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएको छ । केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ? ’, बडालले प्रश्न गरे ।  

    एक दलबाट निर्वाचित सांसदले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन जाने र त्यसलाई कार्यान्वयन गर्न अदालतले आदेश दिने हो भने मुलुक निर्दलीयतामा जाने बडालको तर्क छ । 

    गत जेठ ७ गते प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गर्ने क्रममा नेकपा एमालेका २६ जना सांसदले समर्थनसहित हस्ताक्षर दिएका थिए । 

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा बहस भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार