Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीको भाषण ध्यान दिनलायक छ, रेकर्ड गरेर राख्नू: नेपाल


    सोमबार, असार १४ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन् ।

    सोमबार विपक्षी गठबन्धनले गरेको नागरिक समाजका अगुवाहरुसँगको छलफल कार्यक्रममा नेता नेपालले आफूमाथि अध्यक्ष ओलीले गरेका टिप्पणीको भाषण ध्यान दिन लायक रहेको र रेकर्ड गरेर राख्न भनेका हुन् । 

    यसअघि सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा मदन भण्डारी फाउन्डेशनले गरेको ७०औं मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन्, तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

    उक्त अभिव्यक्तिको जवाफ दिँदै नेता नेपालले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन्। रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु।’

    विपक्षी गठबन्धनमा आफू पार्टीको हैसियतमा नभएर विचार र नेताको समूहमा सहभागी भएको भन्दै नेता नेपालले गठबन्धन संविधानको रक्षाका लागि रहेको र यसबाट कोही विचलित हुन नहुने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार