काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
सोमबार स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनका नेताहरुमाथि खरो टिप्पणी गरेका थिए।
उक्त समारोहमा ओलीको टिप्पणीप्रति प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् । उनले माधव नेपालको विषयमा ओलीले गरेको टिप्पणी अशोभनीय भएको बताएका छन् ।
आफूसँग मिलेको समयमा ठीक नत्र बेठीक भन्ने अओलीको अभिव्यक्ति प्रश्न गर्दै भने – ‘प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ?’
यस्तै, उनले माधव नेपालप्रति गरेको टिप्पणी शोभनीय मानौं कि दयनीय भन्दै प्रश्न समेत गरेका छन् ।
समारोहमा ओलीले नेपाली कांग्रेसले ‘प्रचण्डपथ’ अँगालेको बताएका थिए । ओलीले पार्टीबाट राजीनामा नदिई संविधान मास्नेदेखि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर दिएका नेता नेपाल दुनियाँकै अराजक र अलोकतान्त्रिक नेता बनेका आरोप लगाएका थिए ।
प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?
सम्माननिय @Pm_Nepal विनम्रसंग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो
`भेरिएन्ट´ ?— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 28, 2021
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend