काठमाडाैं । एमालेकी नेतृ शान्ता चौधरीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाइदिने कांग्रेसले देखाएको सपनामा फसेकाे भन्दै टिप्पणी गरेकी छन् ।
चौधरीले आज सामाजिक संजाल फेसबुकमा एक खुलापत्र लेख्दै यस्ताे टिप्पणी गरेकी हुन् ।
उनले लेखेकी छन्- ‘नेकपा (एमाले ) को तपाईं आदरणीय नेता हुनुहुन्थ्यो, श्रद्धेय हुनुहुन्थ्यो । हेर्दाहेर्दै यति ठुलो बिचलन तपाईंमा देख्न पर्याे । फँस्नु भयो कमरेड, फँस्नु भयो तपाईं । निस्कनै नसक्ने गरि कांग्रेसको जालमा पर्नुभयो ।’
‘शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी विभाजन गर्न सजिलो पर्ने गरि शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमालेभन्दा ठुलो पार्टी बनाई दिने, वा कमरेड तपाईं सपना’, उनले भनेकी छन् ।
आफूले लेखेकाे स्ट्याटस स्क्रिनसट गरेर राखी पछि आफू देखाउनु अनुराेध गर्दै उनले लेखेकी छन्- ‘म चुनौती दिन्छु । निर्वाचनपछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन् ।’
‘तपाईंको पार्टीलाई कांग्रेसले भाग छुट्याई दिने, प्रचण्डलाई छुट्याईदिने, बाबुराम उपेन्द्रलाइ छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरुलाई भोट दिएर जिताई दिने, वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्वाचन जस्तै ठान्नु भयो की क्याहो कमरेडले । कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको शरणमा .. भो कमरेड भो, पतनको बाटो नजानुहोस ।’
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend