Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना भाइरस अन्त्य नहुन सक्छ  – विश्व स्वास्थ्य संगठन 


    बिहिबार, जेष्ठ १ २०७७
    535
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १ जेठ।  चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)  विश्वभर महामारीको रुपमा फैलिरहेको वेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरसको अन्त्य नहुन सक्ने चेतावनी दिएको छ ।

    डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हो । खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने उनको भनाइ छ ।

    अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ । ४३ लाखभन्दा धेरै मानिस संक्रमित छन् ।

    रयानका अनुसार, आममानिसलाई बिना कुनै खोप रोग प्रतिरोधी क्षमताको विकास उपयुक्तस्तरमा पुग्न वर्षौं लाग्न सक्छ । अहिले विश्वभर कोरोना भाइरसको खोप पत्ता लगाउन १ थरी खोप निर्माणका प्रयासहरू भइरहेका छन् । यस्तोमा विशेषज्ञहरूले प्रयास भइरहेका कुनै पनि खोपको निर्माण हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।

    अहिले विश्वका धेरै मुलुकहरूले लकडाउन खुकुलो पार्दै गएको अवस्थामा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले यसले कोरोना भाइससको संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन् । डब्ल्यूएचओले अझै पनि विश्वका सबै मुलुकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

    विश्व स्वास्थ्य संगठनकी महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि यो महामारीबाट बाहिर आउन निकै लामो समय लाग्ने मनस्थिति बनाएर अघि बढ्नुपर्ने बताएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार