Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणी अस्पतालबाट भागेका २ जना कोरोना संक्रमित पक्राउ


    बिहिबार, जेष्ठ १ २०७७
    665
    Shares
  • १ मिनेट पाठ
  • वीरगञ्ज, १ जेठ । बुधबार दिउँसो पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ 
     नियन्त्रणमा लिएको हो ।

    एसपी गंगा पन्तले एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिएको जानकारी दिइन् । तीमध्ये एक जनालाई हिँडिरहेको अवस्थामा र अर्कालाई मावली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताइन् ।

    दुवै जनालाई नियन्त्रणमा लिएर बुधबार नै नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ । उनीहरु अस्पतालबाट भाग्नुको कारण भने खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार