Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • सेयर बजारमा फर्कियो हरियाली


    आइतबार, असार १३ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली फर्किएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से २७. ३८ अंकले बढेर २८ सय ७०. ३८ अंकमा बन्द भएको छ । अघिल्लो हप्ताको चार दिन घटेको सेयर एक दिन मात्रै बढेको थियो। तर, यो साताको पहिलो दिन आइतबार नै सेयर बजारमा हरियाली फर्किएको छ ।

    आइतबार कारोबार रकममा भने त्यति उत्साहा देखिएको छैन । कुल २ सय २७ कम्पनीको २ करोड ९ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १६ करोड भन्दा धेरैको कारोबार भएको छ ।

    प्रत्येक दिन २० अर्बसम्म कारोबार हुने बजार घटेपश्चात कारोबार रकम पनि खुम्चिदै आएको छ । लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहेकोले सेयर बजार रकममा वृद्धि नभएको जानकारहरु बताउँछन ।

    यस दिन समूहगत आधारमा होटेल्स एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, फाइन्यान्स र इन्सोरेन्सका परिसूचक घटेको छ भने अरु सबै परिसूचकामा वृद्धि भएको छ ।

    आइतबार सेन्चुरी कर्मशियल बैंक र अपर तामाकोशीको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

    यस दिन सर्वाधिक कारोबार हुनेमा नेस्नल हाइड्रो पावर कम्पनी रहेको छ । उक्त कम्पनीको ४० करोड ७० लाख बराबरको कारोबार भएको छ ।

    यस्तै सबैभन्दा धेरै गोर्खाज फाइन्यान्स लिमिटेडका लगानीकर्ताले साढे ४ प्रतिशतले गुमाएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार