काठमाडौं । युरोपेली च्याम्पियनसिप अन्तर्गत आइतबार साविक विजेता पोर्चुगल र फिफाको शीर्ष वरियता बेल्जियमबीच खेल हुँदैछ ।
आइतबार राति हुने प्रि–क्वाटरफाइनलमा पोर्चुगल र बेल्जियमबीचको खेल निकै रोमान्चक हुनेछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे स्पेनको सेभियास्थित ला कार्टुया स्टेडियममा हुनेछ ।
युरोपेली च्याम्पियनसिपमा यी दुई पहिलो पटक खेल्न लागेका हुन् । विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जियमले जित निकाल्ने दाउमा छ भने क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल पनि क्वाटरफाइनल पुग्ने दाउमा छ ।
यसअघिका ५ खेलमा बेल्जियमले पोर्चुगललाई पराजित गर्न सकेको छैन । अहिलेसम्म ३ वटा खेलमा पराजित भएको छ भने २ खेलमा बराबरी छ । सन् २०१८ मा भएको मैत्रीपुर्ण खेलमा पनि खेल बराबरीमा सकिएको थियो ।
अहिले बेल्जियममा आएका केभिन डि ब्रुएनको प्रदर्शन पनि रोमान्चक रहनेछ । अहिलेसम्मको खेलमा दुई टोलीबीच १८ खेल हुँदा पोर्चुगलले ६ पटक जितेको छ भने बेल्जियमले ५ खेल जितेको छ । यस्तै ७ खेलमा बराबरीमा भएको छ ।