Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ: अधिवक्ता खरेल


    आइतबार, असार १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आइतबारको बहस जारी  छ ।

    बहसमा वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले विघटनसम्बन्धी मुद्दामा प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र नपुग्ने बताएका छन् ।

    खरेलले शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दावी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका हुन् ।

    ‘‍आदेश जारी गर्दा प्रतिनिधि सभा पुनर्स्थापना गरेर बाँकी संसदमै हुन्छ भनेर हुदैन । अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ । किनभने ओलीले पटक पटक सम्वैधानिक दायरा नाघिसक्नुभएको छ’ उनले भने ।

    वरिष्ठ अधिवक्ता खरेलले अघि भने ‘राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहारका कारण पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य छ ।’

    धारा ७६ (५) अनुसारको सरकार गठनमा राष्ट्रपतिले आफ्नो संवैधानिक दायित्व पूरा गरेको नदेखिएको भन्दै उनले राष्ट्रपतिले पनि आफूलाई सुधार गर्नुपर्ने बताए ।

    गत मंसिरमा प्रतिनिधिसभाको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका तत्कालिन नेकपा सांसदहरु भीम रावल र पम्फा भुसाल ६/६ घण्टा राष्ट्रपति कार्यालयमा कुर्दासमेत निवेदन दर्ता नभएको वरिष्ठ अधिवक्ता खरेलले स्मरण गरे ।

    ‘विशेष अधिवेशन माग गर्न साम्सद जादा ६/६ घण्टा दर्ता नहुने, केपी ओलीको निर्णय राति नै सदर कसरी हुन्छ ? यहाँ त तिमी भन म गर्छु भने जस्तो भयो’ उनले भने ।

     ‘मत भनेको सांसदले दिने हो । ७६(२) होस् कि अरूमा । नत्र विश्वासको मतमा किन मत विभाजन गरिन्छ दलको नेताले विश्वास दिए भइहाल्थ्यो नि’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार