Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निधिको साँच्चै सभापति बन्ने चाहना हाे कि कोइराला र सिंहको नाडी छाम्ने उद्देश्य ?


    आइतबार, असार १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एकैपटक दुुईवटा महत्वपूर्ण जिम्मेवारी आइपरेको छ ।

    भदौमा महाअधिवेशन गरेर कांग्रेसलाई अवैधानिक हुनबाट जोगाउनुपर्ने महत्वपूर्ण कार्यभार बोकेका देउवा मुलुकको बागडोर आफ्नो हातमा ल्याउने अर्काे अवसर पनि सदुपयोग गर्न चाहन्छन् । 

    आगामी भदौभित्र पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर कांग्रेसलाई ताजगी दिने प्रमुख जिम्मेवारी बोकेका देउवा पनि पार्टी नेतृत्वमा रहने इच्छाले दौडधुप थालेका छन् । 

    तर, यसबीचमा तीन दशकभन्दा लामो समयदेखि सहकार्य र साथ दिँदै आएका विमलेन्द्र निधिले सभापतिमा देउवालाई टक्कर दिन थालेका छन् । 

    यसका लागि शशांक कोइराला र प्रकाशमान सिंहसँग पटक पटक भेटेर निधिले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । यस्तै कोइराला र सिंहले पनि आफूहरु पनि सभापतिको दाबेदारी रहेकाले यसपटक सहयोग गर्न भनेका छन् । 

    कांग्रेसको आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा  १४ औं महाधिवेशन हुने भएको छ । दुई महिना अघिबाट आ–आफ्नो प्यानल बनाउन नेताहरुको लागि परेको देखिन्छ ।  

    सबैभन्दा सक्रिय रुपमा लागेको निधिले कोइराला र सिंह बाट सहयोग भएमा आफू सभापतिमा निर्वाचित हुने आशा राखेका छन् । तर, कोइराला र सिंहबाट पनि सभापतिको दाबेदारी आइरहेको छ ।

    मनोनयन दर्ता अघिसम्म को कता भन्ने देखिए पनि अन्तिममा समीकरण परिवर्तन हुन सक्छ । यसर्थ कुन प्यानलबाट कसको कुन पदमा उम्मेदवारी पर्ला भन्नेमा मनोनयन  दर्तासम्मै कुर्नु पर्ने हुन्छ । 

    तर, यसअघि देखिने क्रियाकलापले पनि अनुमान लगाउन भने सकिन्छ । अहिले निधिको सभापति बन्ने चाहनाले कोइराला र सिंहसँगका निरन्तर वार्तामा रहेका हुन् । 

    यस्तै निधिको सक्रियतालाई अर्कोे पाटोबाट पनि हेरिएको छ । उम्मेदवार मनोनयन दर्ता अघिसम्म ज–जसले दाबेदारी प्रस्तुत गरे पनि अन्तिम भने होइन । यसर्थ निधिको सभापतिमाथि दाबी गर्दै भइरहेका गतिविधि देउवालाई सभापतिमा जिताउन प्रतिस्पर्धी समूहको नाडी छामेका हुन् ।

    तीन दशकभन्दा लामो समयदेखि साथ दिँदै आएका निधिले अहिले सभापतिमा देउवाविरुद्ध उम्मेदवारी दिन नसक्ने धेरैको बुुझाइ छ । 

    सरकारको नेतृत्व गर्ने पार्टीले पाएको अवसर सदुपयोग गर्न सभापति देउवा सक्रिय हुनु परेकाले महाधिवेशन लक्षित रणनीति बुन्न स्वयं देउवाले निधिलाई अघि सारेका हुन् ।

    प्रतिस्पर्धी समूहको रणनीतिलाई बुुझ्नलाई निधिलाई देउवाले नै सक्रिय बनाएको हुन र अन्तिममा निधिकै सहयोगमा देउवा सभापतिमा उम्मेदवारी दिने तर्कहरु पनि आइरहेका छन् । तर, निधिले आफू सभापतिमै उम्मेदवारी दिने बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार