Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबलमा आज दुई खेल हुँदै, यस्तो छ खेल तालिका


    आइतबार, असार १३ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।

    आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक र दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन् ।

    हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ भने स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ ।

    दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।

    बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार