Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा पुन: एक साता थप गर्ने तयारी


    आइतबार, असार १३ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । 

    पछिल्लो साता निषेधाज्ञालाई केही खुकुलो गरिए पनि कोरोना भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् ।

    आज बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा अवधि एक साता थप गर्ने तर, कुन–कुन क्षेत्रलाई कडाइ र खुकुलो गर्ने भन्ने बारे निर्णय भइनसकेको बताइएको छ। 

    उच्च स्तरीय स्रोतका अनुसार उपत्यकामा कोरोना संक्रमण दर घटिनसकेको र अहिल्यै निषेधाज्ञा खोलिए अवस्था भयवह हुन सक्ने र थप एक साता भने निषेधाज्ञा थप गर्ने अनौपचारिक निर्णय भएको छ । आज तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने बताइएको छ। 

    पछिल्लो साता निजी सवारीमा जोर/बिजोर प्रणालीअन्तर्गत साधन चलिरहेका छन् तर, सार्वजनिक यातायात भने बन्देज अवस्थामा छन् । यस विषयमा सार्वजनिक यातायात सञ्चालन गर्न दिनहुँ यातायात व्यवसायीको माग आइरहेको सीडीओहरुको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार