Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • असार २२ देखि ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाइने


    शनिबार, असार १२ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा  यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।  

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोपको  पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई  दोस्रो मात्रा खोप लगाइने जनाएको छ । 

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले हिजो सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा खोप लगाइने जानकारी दिएका छन् । 

    दोस्रो खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो  र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

    गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो । यसअघि पहिलो मात्रा लगाएका लाई समेत दोस्रो मात्राको खोप दिइने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार